एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान 'ए' ले नेपाललाई ४ विकेटले हरायो

 असार २९, २०८० शुक्रबार १६:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान 'ए' ले नेपाललाई ४ विकेटले हराएको छ । श्रीलङ्कामा चलिरहेको प्रतियोगितामा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान 'ए' ले ३२ ओभर पाँच बलमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान 'ए' का लागि तैयव ताहिरले ५१ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनायो । नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए ।

नवौँ विकेटका लागि सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रन बनाए ।  अर्जुन साउद र कुशल मल्लले समान १७/१७ रन बनाए । गुलसन झाले १३ र ओपनर आसिफ शेख १२ रन बनाए । अरु नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पाकिस्तान 'ए' का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए । जितसँगै पाकिस्तान 'ए' समूह 'बी' को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा सोमवार भारत 'ए' सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधवार यूएई 'ए' सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोलीकाे सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिनेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।  सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया