मेक्सिकाे : रक्सीले मातेका व्यक्तिले बारमा आगाे लगाउँदा ११ जनाकाे ज्यान गयाे

 साउन ७, २०८० आइतबार १७:११:४० | एजेन्सी
unn.prixa.net

उत्तरी मेक्सिकोमा रक्सीले मातेका व्यक्तिले एक बार (रात्रि क्लब) मा आगो लगाउँदा ११ जनाको ज्यान गएकाे छ भने अन्य चार जना घाइते भएका छन् । 

उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिवार याे घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आगलागीमा सात जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका छन् । 

रक्सीले मातेका एक व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा बारमा आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । मदमत्त भएका उनले बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उनलाई बारबाट निष्कासन गरिएको थियो ।

सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई दुःखद घटना भन्नुभएकाे छ । घटनापछि भागेका अपराधी खोज्न अनुसन्धान निकाय र विज्ञ सेवाले काम गरिरहेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया