सुडानको खार्तूममा हवाई आक्रमण : १६ जनाको ज्यान गयो

 साउन १०, २०८० बुधबार ६:१६:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सुडानको खार्तूममा भएको हवाई आक्रमणमा कम्तीमा १६ जनाको ज्यान गएको छ ।

खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा सर्वसाधारणको घरमा गोलाबारी भएको र कम्तीमा १६ जना नागरिकले ज्यान गुमाएका नेइवरहुड समूहलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । हताहती र थप क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्‍यापिड फोर्स (आरएसएफ)का कमाण्डर मोहम्मद हमदान डग्लोबीच गएको अप्रिल १५ देखि लडाइँ शुरु भएको थियो ।

सुडानमा दुई पक्षबीच शुरु भएको लडाइँको सय दिन बितेको छ । 

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया