नाइजरका राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न राष्ट्र सङ्घको आग्रह

 साउन १२, २०८० शुक्रबार ९:४०:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुनःस्थापित गर्न संयुक्त राष्ट्र सङ्घले आग्रह गरेको छ ।

सैन्य कब्जाबाट आफूहरू स्तब्ध बनेको संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले विनासर्त राष्ट्रपति बाजुमलाई रिहा गरिनुपर्ने, सुरक्षा सुनिश्चित हुनुपर्ने तथा संवैधानिक व्यवस्था र विधिको शासन बहालीका लागि सबै प्रयास गरिनुपर्ने बताउनुभएको छ ।

बाजुमलाई सैन्य गार्ड सदस्यले अस्ति बुधवारदेखि नियामीमा बन्दी बनाएका छन् । लगत्तै उनीहरूले संविधान र सबै संस्थाहरू निलम्बन गर्ने, सीमाहरू बन्द गर्ने र रातको समयमा कर्फ्यु लगाउने घोषणा गरेका थिए । तर बन्दी बनेका राष्ट्रपति बाजुमले लोकतन्त्र जोगाउने प्रतिबद्धता जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले लोकतन्त्रका लागि लड्ने दृढता व्यक्त गर्नुभएको हो ।

अफ्रिकी र अन्तर्राष्ट्रिय सङ्गठनले नाइजरमा भएको सैन्य विद्रोहको निन्दा गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया