अस्ट्रेलियामा सैन्य अभ्यास भैरहेका बेला हेलिकप्टर दुर्घटना : बेपत्ता चार जनाको खोजी चल्दै

 साउन १३, २०८० शनिबार ११:३७:५५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् ।

लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गएराति साढे १० बजे भएको थियो ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्ल्स ले तत्कालै खोजी तथा उद्धारको काम सुरु गरिएको जानकारी दिनुभएको छ । रक्षामन्त्री मार्ल्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनापछि सैन्य अभ्यास केही समय रोक्ने निर्णय भएको रक्षामन्त्री माल्र्सलाई उद्धित गरी बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया