आङ सान सुकीलाई ५ वटा मुद्दामा माफी, ३३ वर्ष तोकिएको कैद सजाय २७ मा झर्‍याे

 साउन १६, २०८० मंगलबार १४:५:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिएको छ । विभिन्न मुद्दा लगाएर कैद ३३ वर्षको कैद सजाय तोकिएकोमा पाँच वटा मुद्दामा माफी दिएसँगै सुकीको कैद अवधि २७ वर्षमा झरेको बीबीसीले जनाएको छ ।

पछिल्लो केही समयदेखि सैन्य सरकार सुकीप्रति केही लचिलो बन्दै गएको छ । यही हप्ता एक जना विदेशी अधिकारी र देशका सभामुखलाई भेट्न दिएको सैन्य सरकारले सुकीलाई कारागारबाट विशिष्ट व्यक्तिको आवास क्षेत्रमा सारेको छ ।

यस्तै सैन्य सरकारले पूर्वराष्ट्रपति विन मिन्टलाई पनि दुई वटा मुद्दामा माफी दिँदै १२ वर्षको कैद सजाय आठ वर्षमा झारेको छ । यस्तै सैन्य ‘कु’ पछि भएको विद्रोहको क्रममा पक्राउ परेकामध्ये सात हजार आठ सय जना कैदीको सजायसमेत माफी भएको छ ।

म्यानमारको राजधानी नेपोडीमा स्थापना गरेको गौतम बुद्धको विशाल मूर्तिकाे अनावरण कार्यक्रममा सैन्य सरकारले कैद छुट तथा माफीको घोषणा गरेको हो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया