राहुल गान्धीकाे सांसद पद पुनर्बहाली, संसद् भवन पुग्दा कांग्रेसहित विपक्षी सांसदद्वारा स्वागत

 साउन २२, २०८० सोमबार १४:४६:२१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा पुनर्बहाल गरेको छ । आपराधिक मानहानी मुद्दामा दोषी ठहर गर्ने सुरतको अदालतको फैसला भारतीय सर्वोच्च अदालतले बदर गरिदिएपछि भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई सांसद पदमा पुनर्बहाली गर्ने बाटो खुलेको हो ।

सुरत अदालतको आदेशले गान्धीलाई सांसदबाट हटाएको भारतको लोकसभाले आज साेमवार बिहान उहाँको सांसद पद कायम रहेको सूचना निकालेको हो ।

लोकसभाले पद बहाल रहेको सूचना निकालेपछि गान्धी लोकसभा बैठकमा पुग्दा कांग्रेसहित विपक्षी सांसदहरूले उहाँको स्वागत गरेका बीबीसी हिन्दीले जनाएको छ ।

केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य रहनुभएका गान्धीले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) का सांसद पुर्णेश मोदीले सुरतको अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो । त्याे मुद्दामा सुरतको स्थानीय अदालतले गान्धीलाई दोषी ठहर गरेकोमा पुनरावेदन अदालतले पनि सदर गरिदिएको थियो । फैसलाविरुद्ध गान्धीले सर्वोच्च अदालतमा रिट दिएपछि गएको शुक्रवार सर्वोच्चले उहाँलाई सफाइ दिएको हो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया