सिरियामा सडकमा छाडिएको बम विस्फोट हुँदा एक पत्रकारसहित चार जनाको ज्यान गयो

 साउन २५, २०८० बिहीबार ८:२७:२० | एजेन्सी
unn.prixa.net

सिरियाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक टेलिभिजन पत्रकारसहित चार जनाको ज्यान गएको छ । ज्यान गुमाउने अरु तीन जना सुरक्षाकर्मी रहेका छन् ।

निजी स्वामित्वको सिरियाली सामा टिभीका संवाददाता फिरास अल–अहमद र सैनिक जवान दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बम विस्फोटमा परेका थिए । आतङ्कवादी समूहले सडकमा बम राखेको सुरक्षा निकायलाई उद्धृत गरी अल जजिराले जनाएको छ ।

दारा प्रान्त वर्षौँदेखि हिंसाको चपेटामा छ । प्रेस स्वतन्त्रता समूह रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार सन् २०११ मा गृहयुद्ध सुरु भएयता सिरियामा दुई सय ७० जनाभन्दा धेरै पत्रकार मारिएका छन् । सिरियाको द्वन्द्वमा पाँच लाख जनाभन्दा धेरैले ज्यान गुमाएका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया