बर्खामा पनि सोलु खोलामा उत्खनन, डोजर चालक फरार

 साउन २६, २०८० शुक्रबार १९:५७:२५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ बोल्दोमा रहेकाे सोलु खोलामा बर्खामा पनि नदीजन्य पदार्थकाे उत्खनन भइरहेको पाइएको छ ।

नदीजन्य पदार्थ उत्खनन ऐन विपरीत बर्खाकाे समयमा अवैध उत्खनन भइरहेको तथ्य फेला पारेको हो । यस विषयमा सञ्चारकर्मी स्थलगत रिर्पाेटिङमा पुगेपछि डोजर चालक कार्यक्षेत्रमै मेशिन छोडेर फरार भएका छन् ।

सोलुदुकुण्ड–११ तिङ्ला घर भई अहिले सल्लेरी नयाँ बजारमा बस्दै आएका दिलकुमार बस्नेतले साेलु खाेलामा डाेजरकाे प्रयाेग गरेर उत्खनन गरेको खुलेकाे छ । बस्नेतले बोल्दोका बुलु तामाङसँग वार्षिकरूपमा भाडामा लिएको जमिनको नाममा खोलामा अवैध उत्खनन गरेको पाइएको हो । उत्खननमा प्रयोग भएको डोजर प्रहरी र सोलुदुधकुण्ड–४ को कार्यालयले नियन्त्रणमा लिएको छ भने चालक अझै सम्पर्कमा नआएका प्रहरीले जनाएको छ ।

असार, साउन र भदौमा बाढी पहिरो जान सक्ने भएकाले नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नेपाल सरकारको नदीजन्य पदार्थ उत्खनन ऐनमा उल्लेख छ तर व्यवसायी बस्नेतले भने ऐनलाई नै चुनौती दिँदै खोलाबाट डोजर लगाएर धमाधम उत्खनन गरेका हुन् । सोलुदुधकुण्डले पनि सूचना नै निकालेर बर्खाकाे समयमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ ।

नदीजन्य पदार्थ उत्खनन गरेकाे विषयमा कारबाही प्रक्रिया अघि बढाइने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया