भारतले 'सोलार मिसन' स्याटेलाइट प्रक्षेपण गर्ने

 साउन ३१, २०८० बुधबार २०:२७:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसराे) ले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल–१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधवार जनाएको छ ।

सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ । याे स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सात वटा उपकरण बोक्नेछ ।

पृथ्वीबाट झन्डै १५ लाख किलोमिटरको दूरीमा रहेको सूर्य र पृथ्वीको 'लाग्रान्ज प्वाइन्ट–१ (एल–१)' को चारैतिर ‘हलो कक्ष’ मा पुग्न अन्तरिक्ष यानले पृथ्वीको झन्डै एक सय नाै दिन लाग्नेछ ।

यसअघि नै अगस्ट ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगिसकेको छ । चन्द्रयानलाई अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गराउने भारतीय वैज्ञानिकहरूको तयारी छ ।

भारतले चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यसहित प्रक्षेपण गरेको थियो । यो क्षेत्रमा अहिलेसम्म कुनै पनि देश पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै पुगेका छन् ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया