३८ दिनदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको टापुमा भेटियाे, ६० जनाभन्दा धेरैको ज्यान गएको अनुमान

 साउन ३२, २०८० बिहीबार १२:१४:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

एक महिनाभन्दा लामो समयदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको केप भर्डे टापुको तटमा भेटिएको छ।

डुङ्गामा रहेका ६० जनाभन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ । बालबालिकासहित ३८ जनालाई उद्धार गरेर सल टापुमा पुर्याइएको छ । समुद्रमा लामो समय रहेको डुङ्गामा रहेकाे धेरैजसो सेनेगलका नागरिक भएका अनुमान गरिएको बीबीसीले जनाएको छ ।

सेनेगलको विदेश मन्त्रालयले यो डुङ्गा गएको जुलाई १० तारिखमा एक सय एक जना यात्रु बोकेर प्रस्थान गरेको जनाएको छ । त्यसपछि डुङ्गा हराएको थियो । केप भर्डे पश्चिम अफ्रिकाबाट झण्डै ६ सय किलोमिटर टाढा आन्ध्र महासागरमा रहेको टापु हो । 
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया