सिङ्गापुरमा १ अर्ब डलर बराबरको कालो धन जफत, विदेशी नागरिकसहित १० जना पक्राउ

 साउन ३२, २०८० बिहीबार १४:२२:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिङ्गापुर प्रहरीले 'मनी लाउन्डरिङ' अर्थात् कालो धनविरुद्ध चलिरहेको अभियानअन्तर्गत छापा मारेर एक अर्ब डलर बराबरको सम्पत्ति जफत गरेको छ । नेपालीमा यो रकम एक खर्ब ३३ अर्ब रुपैयाँ हुन आउँछ ।

जफत भएका सम्पत्तिहरूमा महँगा कार, विलासी घरसहित नगद रकम समावेश छ । कालो धनविरुद्धको अभियानअन्तर्गत एक अर्ब डलरको सम्पत्ति जफत भएको घटनामा अहिलेसम्म १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूबाट विदेशी राहदानीसमेत बरामद गरेको छ । पक्राउ परेकाहरू चीन, कम्बोडिया, टर्की र भानुआतुजस्ता देशका नागरिक भएका बीबीसी हिन्दीले जनाएको छ ।

सिङ्गापुरमा यस प्रकारको छापा बिरलै हुने गरेको छ, किनभने सिङ्गापुरमा अपराध दर विश्वका अन्य देशको तुलनामा निकै कम छ । सिङ्गापुर प्रहरीको वाणिज्य मामिला विभागका निर्देशक डेभिड च्युले सिङ्गापुर अपराधीहरूका लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग हुने कुरा स्वीकार्य नभएकाले यो अभियान चलाइएको बताउनुभएको छ ।

तस्बिर : सिङ्गापुर पुलिस फाेर्स

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया