क्यानडाको यलोनाइफ सहर नजिक डढेलो, नागरिक विस्थापित हुनेक्रम बढ्दो

 भदौ १, २०८० शुक्रबार १२:६:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडाको उत्तरी सहर यलोनाइफको बाहिरी क्षेत्रमा डढेलो फैलिएको छ । त्यहाँबाट नागरिक विस्थापित हुनेक्रम बढ्दो छ । डढेलोबाट जोगिन हजारौँ मानिस सुरक्षित ठाउँमा लाग्दा स्थानीय विमानस्थल र सहरबाट बाहिरिनेले सडकमा भिड बढेको छ ।

आपत्कालीन सैन्य उद्धार उडानका लागि पनि सयौँ मानिस लामबद्ध भएका छन् । यलोनाइफका बीस हजारभन्दा धेरै मानिसलाई आज दिउँसोसम्म त्यहाँबाट निस्कन समयसीमा तोकिएको छ । डढेलो सहरको १६ किलोमिटर नजिकसम्म फैलिसकेको बीबीसीले जनाएको छ ।

हावाहुरीका कारण आगो यलोनाइफतर्फ फैलिन सक्ने क्षेत्रीय अग्नि नियन्त्रण सेवासम्बन्धी निकायले चेतावनी दिएको छ । क्यानडामा यसवर्ष डढेलोको सबैभन्दा खराब अवस्था छ । विज्ञहरूले तापमान र सुक्खालाई यसको मुख्य कारक मानेका छन् ।

जलवायु परिवर्तनका कारण बढेको तापमान र सुक्खा मौसमका कारण डढेलो लाग्ने जोखिम थप बढेको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया