भारतले पीएम ईबस सेवाका लागि छुट्यायो पाँच सय ७६ अर्ब भारतीय रुपैयाँ

 भदौ २, २०८० शनिबार १९:२४:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारत सरकारले पीएम ईबस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले पीएम ईबस सेवा नामक दिगो शहरी विकासका लागि विद्युतीय बस सञ्चालन गर्न अनुमति दिएको हो ।

योजनाका लागि पाँच सय ७६ अर्ब भारतीय रुपैयाँ (करिब ६ दशमलव ९ बिलियन अमेरिकी डलर) स्वीकृत भएको छ ।

यस योजनाअन्तर्गत एक सय ६९ शहरमा विद्युतीय बस सञ्चालनका लागि प्रोत्साहन गरिनेछ ।

भारतीय खेलकुद, युवा मामिला र सूचना प्रसारणमन्त्री अनुराग ठाकुरले लगभग १० हजार नयाँ विद्युतीय बसहरु खरिद गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको बताउनु भयो ।

उहाँले यो सेवा केन्द्र शासित प्रदेश, उत्तरपूर्वी राज्यहरु र पहाडी क्षेत्रहरुको राजधानीका तीन लाख बढी जनसंख्या भएका सहरहरुमा सञ्चालन हुनेछ । 

यस योजनाअन्तर्गत एक सय ८१ सहरमा चार्जिङ स्टेशनसँगै १० वर्षको अवधिका लागि विद्युतीय बस सञ्चालन हुनेछन् । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया