एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली पर्सि बुधवार पाकिस्तान जाने

 भदौ ४, २०८० सोमबार १४:८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली पर्सि बुधवार पाकिस्तान जाने भएको छ।

एसिया कपको लागि खेलाडीको अभ्यास र व्यवस्थापकीय सबै तयार पूरा गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाली टोलीले एक हप्ता पाकिस्तानमै अभ्यास गर्नेछ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि हिजो भारतबाट नेपाल आइपुगेका छन् ।

एसिया कप अगष्टको ३० देखि सेप्टेम्बर १७ तारिख अर्थात भदौको १३ गतेदेखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुँदैछ ।

एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले भदौ १३ गते पाकिस्तान र भदौ १८ गते भारतसँग खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

नेपालले एसिया कपको लागि रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरी सकेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया