काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भए चिनियाँ किसान

 भदौ ५, २०८० मंगलबार १३:४३:५१ | एजेन्सी
unn.prixa.net

पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् ।

रेटुन विधि अपनाएर एक पटक रोपेको धानबाट दुई पटक उत्पादन लिन सकिने बताइएको हो ।  किसानले परम्परागत रूपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ ।

विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ । जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणका लागि लगाइएको धान खेतमा एक पटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो । माटोको बनावटअनुसार फरक–फरक रूपमा छनोट गरिएको खेतमा विज्ञहरूले परीक्षण गरेका थिए ।

पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले किसानकाे समय, पैसा बचत गरेको र उत्पादन पनि दोब्बर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेटुन धान सिजनमा दुई पटक काट्न सकिन्छ, जसले किसानकाे समय र पैसाको बचत गर्छ ।’

जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल एक लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ । प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताउनुभयो ।

रेटुन एक कृषि विधि हो जसमा लगाइएको बालीमा एक पटक अन्न उत्पादन गरिसकेपछि त्यसको परालको गाँजबाट पुनः उत्पादन लिन सकिनेछ । जस्तै:– उखुको प्रारम्भिक उत्पादन लिएपछि पनि बाँकी रहेको भागबाट पुनः उत्पादन गरिन्छ । यसले समय र श्रमको बचत हुन्छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • मन्दन साह

    Aug. 23, 2023, 7:24 a.m.

    काटी सकेको धान बाट पुन त्यही गाजा बाट धान फलाउने सकिन्छ आस्चर्य जनक जानकारी त गराउनु भयो तर नेपालमा सोही बिधि अपनाएर धान खेति गर्न सम्भव छ कि छैन, यस विषयमा जानकारी गराउनु भयो भने कृषक का लागि खुशीको किरण , आशावादी हुने छ।

  •  0 Reply
  • tek bam tjakuri

    Aug. 22, 2023, 9:53 p.m.

    Ramro xa good news

  •  0 Reply

तपाईको प्रतिक्रिया