एसिया कप खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान

 भदौ ६, २०८० बुधबार ६:१६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।

नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको हो । सन्दीप लामिछाने भने यो टोलीका साथमा पाकिस्तान गएका छैनन् । 

नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ ।

पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।

त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।

नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।

हिजो भएको बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक

मोन्टी देशाइले यो प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताएका छन् ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग उत्कृष्ट खेल खेल्ने बताए । 

त्यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने टोलीलाई शुभकामना व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Santosh pokhrel

    Aug. 23, 2023, 6:41 a.m.

    Sandip gayenan... vanepaaxi..... kina gayenan khojera lekhnu parthyo.

  •  0 Reply

तपाईको प्रतिक्रिया