अरुणाचल आफ्नो भूमि मान्दै चीनद्वारा नयाँ नक्सा सार्वजनिक, भारतको विरोध

 भदौ १२, २०८० मंगलबार १३:५७:१४ | एजेन्सी
unn.prixa.net

चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा जारी गरेको हो ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले ट्वीट गर्दै चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमाना कोर्ने विधिको आधारमा नक्सा तयार गरिएको जनाएको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा मान्छ ।

चीनले नक्सा सार्वजनिक गरेलगत्तै भारतले असहमति जनाउँदै विरोध गरेको छ । भारतले अरुणाचल प्रदेश सधैँ भारतको अभिन्न अङ्ग रहेको र सधैँ रहने बताएको छ । भारतीय जनता पार्टीका नेता बीजेपी नेता सुब्रमण्यम स्वामीले चीनको यो नयाँ नक्सालाई लिएर कडा प्रतिक्रिया दिनुभएको छ । उहाँले चीनको कदम रोक्न नसकेको र जवाफ नदिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध पनि गर्नुभएको छ ।

यसअघि गएको अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैध रूपमा कब्जा गरेको भन्दै आफ्नो दाबी गरेको छ ।

केही दिनअघि 'ब्रिक्स' सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुँदा सीमा विवाद हटाउने र विवादित क्षेत्रबाट सेना फिर्ता बोलाउने सहमति भएको थियो । तर भेटवार्ताको हप्ता दिन पनि नबित्दै चीनले नयाँ नक्सा जारी रेको हो । यस्तै चीनले ताइवानलाई पनि आफ्नै भूमि मान्दै नक्सामा समेटेको छ । राष्ट्रपति सी जिनपिङले ताइवानलाई एकीकरण गर्ने लक्ष्य राख्नुभएको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tirtha

    Aug. 30, 2023, 3:07 a.m.

    ठिक गरेछ चिन ले सलाम छ चिन लाई जस्ता लाई तेस्तै गरेछ भारत ले नेपाल लाई मिच्थ्याे भारतलाई चिन ले जस्ताे गराे तेस्तै पायाे सलाम छ चिन

  •  0 Reply

तपाईको प्रतिक्रिया