इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

 भदौ १५, २०८० शुक्रबार २०:३०:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जीर्णोद्धारपछि पर्यटकका लागि पुनः खुला भएको छ । प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गर्नुभएको इजिप्टको पर्यटन र पुरातात्त्विक मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मन्दिर खुला गरेपछि देशमै पर्यटकीय गतिविधि बढ्ने इजिप्टको आशा छ । मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औँ शताब्दीको रहेको र योभन्दा पहिला मन्दिरको पुनःनिर्माण सन् १८८० मा गरिएको बताएको छ ।

यो मन्दिर एक समय इजिप्टमा यहुदीहरूको उत्सव, जमघट स्थल र प्रार्थनाको केन्द्र बनेको थियो । यो मन्दिर सन् १९५० को दशकमा धेरैजसो यहुदी समुदायले छोडेपछि पर्यटकको आकर्षकणमा परेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया