एसिया कप : भारत र पाकिस्तानबीचकाे खेलका लागि 'रिजर्भ डे' राखियाे

 भदौ २२, २०८० शुक्रबार १४:४५:१२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – एसिया कपकाे 'सुपर फाेर' मा भारत र पाकिस्तानबीचकाे खेलमा 'रिजर्भ डे' राखिएकाे छ । भारत र पाकिस्तानबीचकाे खेल आउँदाे आइतवार काेलम्बाेमा हुँदैछ । याे खेलमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले 'रिजर्भ डे' राखेकाे हाे । फाइनलमा बाहेक 'सुपर फाेर' मा 'रिजर्भ डे' राखिएकाे याे पहिलाे खेल हाे ।

यसअघि समूह चरणमा भारत र पाकिस्तानबीचकाे खेल वर्षाका कारण रद्द भएकाे थियाे, जसबाट क्रिकेट समर्थक निराश भएका थिए । काेलम्बाेमा केही दिनयता लगातार पानी परिरहेकाे छ । यस्ताे अवस्थामा आइतवार खेल हुनेमा अनिश्चित छ, यही कारण 'रिजर्भ डे' राखिएकाे हाे ।

आइतवार यदि खेल बीचमा राेकिएकाे अवस्थामा साेमवार फेरि त्यहीँबाट खेल शुरु हुनेछ । आइतवारकाे खेलका लागि टिकट काटेका व्यक्तिहरूलाई टिकट सम्हालेर राख्न भनिएकाे छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया