रुसद्वारा दुई अमेरिकी कुटनीतिज्ञलाई निष्कासन, सात दिन रुस छोड्न आदेश

 भदौ २९, २०८० शुक्रबार १३:१५:२१ | एजेन्सी
unn.prixa.net

रुसले दुई जना अमेरिकी कुटनीतिज्ञलाई निष्कासन गरेको छ ।  उनीहरुलाई सात दिनभित्र रुस छोड्न आदेश दिइएको छ ।

अवैध गतिविधिमा संलग्न रहेको भन्दै उनीहरुलाई निष्कासन गरेको रुसले जनाएको छ । मस्कोमा रहेको अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले भने रुसको यो निर्णयको भर्त्सना गर्दै रचनात्मक कुटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका लागि मस्कोलाई उचित जवाफ दिने बताउनु भएको छ। 

अन्तिम अपडेट: भदौ ३१, २०८०

तपाईको प्रतिक्रिया