लिबिया बाढी : ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३ सय जना पुग्यो, अझै १० हजारभन्दा धेरै बेपत्ता

 भदौ २९, २०८० शुक्रबार १८:२४:१९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीमा ज्यान गुमानेको सङ्ख्या ११ हजार तीन सय जना पुगेको छ ।

ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले बाढी आउँदा पूर्वी सहर डेर्नाका ११ हजार तीन सय जनाले ज्यान गुमाएका लिबियाली रेडक्रसका अधिकारीलाई उद्धृत गरी अल जजिराले जनाएको छ । १० हजार एक सय मानिस हराइरहेका विवरण प्राप्त भएको पनि रेडक्रसले जनाएको छ ।

बाढीका कारण ५० हजार जनाभन्दा धेरै मानिस विस्थापित भएका छन् । गएको आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुई वटा नदीका बाँध भत्केपछि बाढीले गाउँ–सहरका भवन र तिनमा बसेका मानिसलाई बगाएको थियो ।

९० हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका उद्धारकर्ताहरूले जनाएका छन् । डेर्नाका मेयर अब्दुलमेनम अल–गैथीधचले पनि ज्यान गुमाउनेको सङ्ख्या २० हजार पुग्ने बताउनुभएको छ । सहरभन्दा ६० माइल पर पनि शव भेटिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया