झन्डै दुई लाख क्विन्टल चिनी मौज्दात, चाडपर्वमा अभाव नहुने विभा...
असोज १२, २०८० शुक्रबार
काठमाण्डौ – भारतको पश्चिम बङ्गालमा रहेको शान्तिनिकेतन सहर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको छ । साउदी अरबमा सम्पन्न विश्व सम्पदा समितिको ४५औँ अधिवेशनले शान्तिनिकेतन सहरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको युनेस्कोले सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटर मार्फत् जानकारी दिएको छ ।
— UNESCO 🏛️ #Education #Sciences #Culture 🇺🇳 (@UNESCO) September 17, 2023
सन् १९०१ मा कवि तथा दार्शनिक टैगोरद्वारा स्थापित, शान्तिनिकेतन प्राचीन भारतीय परम्पराहरूमा आधारित एक आवासीय विद्यालय र कलाको केन्द्र तथा धार्मिक र सांस्कृतिक एकताको केन्द्रका रुपमा रहेको छ ।
सन् १९२१ मा शान्तिनिकेतनमा विश्व विश्वविद्यालयको स्थापना गरिएको थियो । त्यहाँ प्राचीन, मध्ययुगीन र लोक परम्पराहरूको समष्टिगत चित्रण भेटिने समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।