आगाेले जलेर सिन्धुलीमा ३ वर्षीय बालककाे ज्यान गयाे

 असोज १, २०८० सोमबार १६:६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सिन्धुलीमा आगोले जलेर आज साेमवार एक जना बालकको ज्यान गएको छ ।

मरिण गाउँपालिका–३ वरुणका दूधराज मोक्तानका तीन वर्षका छोरा मनिषको घरकै अगेनाको आगोमा जलेर ज्यान गएको प्रहरीले जनाएको छ । अपाङ्गता भएका बालकलाई झोलुङ्गोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएका थिए । कोही नभएको समयमा बालक झोलुङ्गोबाट झरेर केही परको अगेनोमा गएकोमा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८०

तपाईको प्रतिक्रिया