चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
चितवन वैशाख २४ – चितवनको भरतपुर विमानस्थल साँंघुरो बन्दै गएको छ । बढ्दो शहरीकरण र हवाईचाप बढेपछि विमानस्थल साँघुरो बन्दै गएको हो । भरतपुर विमानस्थलमा तत्कालीन हवाई सेवा विभाग अन्तर्गतको भरतपुर हवाई कार्यालयको रुपमा २०१८ सालदेखि सेवा सुरु भएको हो ।
विमानस्थल साँघुरो बन्दै गएपछि क्षेत्र बढाउन प्रयास भएको थियो तर, विमानस्थलको क्षमता विस्तारका लागि प्रभावकारी पहल हुन सकेको छैन । विमानस्थल नजिकै रहेको सेनाको घोडा फारम रहेको जग्गा माग गरे पनि सेनाले अनुमति नदिएको गौतमले बताउनुभयो । २०७२ सालमा पत्र पठाइएकोमा सेनाले तत्कालै यो जग्गा दिन नसक्ने जानकारी गराएको थियो ।
विमानस्थलको क्षेत्र बढाउन विमानस्थलसंगैको सेनाको घोडा प्रजनन केन्द्र रहेको व्यारेक उपयुक्त मानिएको छ । तर, सेनाले मुख्य सहरको नजिकभन्दा शहरवाट २५ किलोमिटर टाढा विमानस्थल राख्नु राम्रो हुने तर्क सेनाले गरेको छ ।
भरतपुर विमानस्थलमा दैनिक १४ वटा उडान हुने गरेको छ । विमानस्थल वरपर मापदण्ड बिपरित अग्ला घर बनाइएका छन् । जहाज अवतरण र पार्किङका लागी अग्ला घर सुरक्षा चुनौती बन्दै गएका छन् ।
विमानस्थलमा चारवटा जहाजको क्षमता भएपनि त्यो भन्दा धेरै जहाज पार्किङ गरिंदै आएको छ । सानो जहाजको लागि बनाईएको पार्किङमा मझौला जहाज राख्न समस्या भएको छ । एक दशकअघि दैनिक चार वटासम्म उडान हुने गरेपनि अहिले क्षमतासँगै जहाजको संख्या पनि थपिएको छ ।
भरतपुर विमानस्थलबाट एकतर्फी दैनिक औसतमा ५ सय यात्रुले यात्रा गर्दै आएका छन । बुद्ध एयर,यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन । यतिको जेट स्ट्रीम र बुद्ध एयरको बीचक्राफ्ट, एटिआर–४२ जस्ता आधुनिक बिमानले उडान भर्ने गरेको विमानस्थलका प्रवन्धक पवन गौतमले बताउनुभयो ।
६२ विघाहा क्षेत्रफलमा रहेको उक्त विमानस्थल वरपर मापदण्ड विपरित अग्ला घर हुनु र क्षेत्र विस्तारका लागि प्रयाप्त जग्गा नभएकाले समस्या बढ्दै गएको गौतमले बताउनुभयो । सानो जहाजलाई लक्षित गरेर बनाईएको विमानस्थलमा विस्तारै मझौला जहाज आउने क्रम बढेको बताउै बताउदै उहाँले विमानस्थललाई फराकिलो बनाउन पहल नगरे सुरक्षा खतरा देखिएको जानकारी दिनुभयो ।
अग्ला घरले विमान अवतरण र उडान प्रभावित हुँदै आएका छन् । अग्ला घरका कारण विमानले पूरा रन–वे प्रयोग गर्न नपाएको बताउँदै गौतमले १ हजार २ सय मिटरको धावनमार्ग भए पनि दुई सय मिटर छोडेर अवतरण गरिँदै आएको जानकारी दिनुभयो ।
साना जहाजलाई उडान र अवतरणमा ६ देखी ८ सय मिटर रन–वे भए पुग्छ । ठूलालाई १ हजार ४ सय मिटर जरुरी पर्छ । १ हजार २ सय मिटर रन–वे छ । हुस्सु लागेको बेला अग्ला घरले अवतरणमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।
मापदण्ड विपरित स्थायी रुपमा संरचना बनाइए पछि विमानस्थललाई समस्या भएको हो । विमानस्थल वरपर २ सय ५७ घर मापदण्ड विपरित बनेको तथ्यांक रहेको छ । समस्या समाधानको लागि प्रतिवेदन पेश गर्न गठित समितिले उडान सुरक्षा चुनौती थपिदै गएको प्रतिवेदन वुझाएको थियो । मापदण्ड विपरीतका घरहरुका कारण उडानमा गम्भिर असर परेको र भविस्यमा झन अप्ठेरो अवस्था आउन सक्ने संरचनाहरु हटाउनु पर्ने सझुाव दिईएको थियो ।
सिमारा,पोखरा र भैरहवाको वैकल्पिक विमान स्थलमा भरतपुर विमानस्थल रहेको छ । चितवन पर्यटकीय हिसाबले चितवन अगाडि बढिरहेकोले भरतपुर र मेघौलीमा रहेको विमानस्थललाई आन्तरीक र वाह्य पर्यटकको चाप वढाई आम्दानी बढाउन सकिने सरोकारवालाहरुले बताएकाछन् ।
चितवनमा भरतपुरदेखि १६ किलोमिटर पश्चिममा मेघौली विमानस्थल पनि रहेको छ । मेघौली विमानस्थल २०१३ साल देखि संचालनमा आएको हो । मेघौली विमानस्थलमा चितवन राष्ट्रिय निकुञ्जभित्र घुम्न आउने पर्यटक बोक्ने जाहाज अवतरण गरिँदै आएको भए पनि पछिल्लो समय उडान हुन सकेको छैन ।
राजधानी काठमाडौंबाट पनि नजीक नेपालको केन्द्र भाग भौगोलिक रूपमा पनि अत्यन्त सुरक्षित चितवन भित्र रहेकाले पनि यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा समेत चल्ने गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।