अमेरिकाले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने

 असोज ६, २०८० शनिबार ११:९:४५ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रक्रिया शुरु गर्नुभएको छ । युक्रेनले रुसविरुद्ध गरिरहेको प्रतिक्रियात्मक कारबाहीमा सहयोग पुग्ने गरी अमेरिकाले लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउन लागेको बीबीसीले जनाएको हाे । 

राष्ट्रपति बाइडेनले आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई थोरै सङ्ख्यामा आर्मी ट्याक्टिकल मिसाइल प्रणाली अन्तर्गतका मिसाइलहरू उपलब्ध गराउने बताउनुभएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यी मिसाइलले तीन सय किलोमिटर परसम्म  प्रहार गर्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् ।

हिजो युक्रेनले  क्राइमियामा रुसको ब्ल्याक सी फ्लिटको मुख्यालयमा क्षेप्यास्त्र प्रहार गरेको थियो । बीबीसीका अनुसार सेभास्टोपोल बन्दरगाहमा भएको आक्रमणमा बेलायत र फ्रान्सले आपूर्ति गर्ने स्टर्म छायाँ मिसाइलहरू प्रयोग गरिएको थियो । यस्ता क्षेप्यास्त्रले एक सय ५० माइलभन्दा टाढासम्म प्रहार गर्न सक्छन् ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया