विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित

 असोज ६, २०८० शनिबार १४:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार विश्वभर २५ करोड जना भन्दा धेरै बालबालिका विद्यालय शिक्षाबाट बञ्चित भएका हुन् । दक्षिण एसियामा ३ करोड ५० लाखभन्दा धेरै बालबालिका उमेर अनुसारको पूर्व प्राथमिक शिक्षामा उपस्थित छैनन् ।

संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनिसेफको प्रतिवेदनअनुसार पूर्वप्राथमिक शिक्षाबाट वञ्चित बालबालिकाको सङ्ख्या बढेका देशहरू ठूलो असमानताबाट ग्रसित छन् । न्यून आय भएका देशहरूमा पाँच जनामध्ये एक जना मात्र पूर्वप्राथमिक शिक्षामा भर्ना भएका छन् ।

सन् २०२१ देखि विद्यालय शिक्षाबाट वञ्चित बालबालिकाको संख्या घट्नुको सट्टा बढ्दै गएको र दुई वर्षमा विद्यालय नजाने बालबालिकाको संख्या ६० लाख जनाले बढेर २५ करोड पुगेको उल्लेख छ । विद्यालय नजानुमा युद्ध, आमाहरुको शिक्षाको स्तर, विद्यालय टाढा हुनु लगायतका कारण उल्लेख भए पनि गरिबी नै सबैभन्दा ठूलो निर्णायक कारक हो ।

प्रतिवेदनका अनुसार अफ्रिकाका ९ करोड ८० लाख जना बालबालिका अझै पनि विद्यालय बाहिर छन् । मध्य र दक्षिण एसियामा विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या झण्डै ८ करोड ५० लाख जना रहेको छ । यी नतिजाहरू हेर्दा संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्ममा सबैका लागि राम्रो शिक्षा दिने लक्ष्य जोखिम बढ्दै गएको देखिन्छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया