कर्णाली प्रदेश सरकारद्वारा एक वर्षमा ९५ किलाेमिटर सडक कालाेपत्र
चैत २८, २०८१ बिहिबार
चितवन –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि चितवनमा थप तीन नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ । योसहित चितवनमा पाँच पर्यटकीय गन्तव्य भएका छन् ।
यसअघि सौराहा र देवघाटलाई पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरिएको थियो । चितवनमा छनोटमा परेका नयाँ गन्तव्यमा भरतपुरको बीसहजारी ताल, माडी नगरपालिकाको सोमेश्वर गढी र भरतपुरकै पटिहानी पर्यटकीय क्षेत्र रहेका छन् ।
सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुगोस् भनी यो योजना अगाडि ल्याइएको हो । सरकारले २०२५ सम्म देशको अर्थतन्त्रको कुल हिस्सामा पर्यटनको योगदान २५ प्रतिशत बनाउने लक्ष्य राखेको छ ।
यस्ता छन् नयाँ पर्यटकीय गन्तव्य
पटिहानी
कुनै समय राप्ती खोलाले पीडित बनाएर बस्तीसमेत बस्न नसकेको क्षेत्र अहिले पर्यटकीय गन्तव्यको रुपमा परेको छ । २०५९ सालमा आएको बाढीको सकसपछि खोलालाई तटबन्ध गरेसँगै पटिहानीमा चहलपहल बढेको थियो । चितवन राष्टिय निकुञ्जको काखैमा रहेको पटिहानी अहिले जोकोहीका लागि लोभिने क्षेत्रको रुपमा परिचित छ ।
अहिले करोडौं लगानीका पर्यटकीय होटल बनेका छन । केही निर्माणको चरणमा छन । कुनै सयम बाढीले बगरमा परिणत गरेको क्षेत्रमा हरियाली छ । थुपै्र तालतलैया, घाँसे मैदान छन । सामुदायिक वनमा दैनिक १० वटा हात्तीले पर्यटक डुलाउँछन ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकैको पटिहानीमा पनि पर्यटकीय आकर्षण कम छैन । नारायणगढबाट १४ किलोमिटर दक्षिणमा पर्ने पटिहानीको घटगाई क्षेत्र सूर्यास्त हेर्ने राम्रो ठाउँ हो । राप्ती नदीसँगै जोडिएको रमणीय गाउँ पटिहानीमा पुग्नेले आदिवासी थारु संस्कृतिसँगै राप्ती नदीमा डुंगा चढेर घुम्न र जीप सफारी गर्न सक्छन् । राप्ती नदी किनारमा सातवटा ठूलासहित २१ वटा होटल छन् । काठमाडौं, पोखरालगायतका ठाउँका व्यवसायीका होटल पटिहानीमा थपिने क्रम छ ।
वन क्षेत्र बाहिर करोडौँको लगानीमा टाइगरल्याण्ड सफारी लज, मचान प्याराडाइज र इको वाइडलाइफ लज सञ्चालन भइसकेका छन । विदेशी पर्यटकको आकर्षणमा समेत पटिहानी पर्दै आएको छ । बस्तीसँगै जोडिएको निकुञ्जको आसपासमा नियमित गंैडा चर्ने गरेका छन् । यहाँ बाघ, मृग,जरायोजस्ता जनावर नियमित देखिने गरेको छ । वन भित्रका सिमसारमा चराचुरुङ्गी प्रशस्त देखिन्छन् ।
बीसहजारी ताल
विश्व रामसार सूचीमा सूचीकृत बीसहजारी ताल चितवनको रत्ननगर र भरतपुरको सिमाना तथा महाभारत र चितवन निकुञ्जको करिडोर जोड्ने टिकौली क्षेत्रमा रहेको छ ।
मुख्य तालसँगै अन्य ठूला ताल १२ वटा छन् तर पनि अहिलेसम्म एउटा ताललाई मात्रै व्यवस्थापन, संरक्षण र पर्यटन प्रवद्र्धन हुदै आएकामा अब गन्तव्यकै रुपमा पहिचान भएका कारण सबै तालको संरक्षण सुधार तथा व्यवस्थापन आवश्यक रहेको छ ।
सन् २००३ मा रामसार सचिवालयले यसलाई रामसार सूचीमा सूचीकृत गरेको हो । त्यस सचिवालयको निर्देशन तथा सहयोगमा यहाँ व्यवस्थापनको काम भइरहेको छ । तीन महिनासम्म पानी रहने क्षेत्रलाई रामसार क्षेत्रको रुपमा हेरिन्छ ।
२०२२ सालमा पूर्वी चितवनबाट ल्याइएको नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी तालका रुपमा नामाकरण गरिएको भन्ने भनाई छ । २०५२ सालदेखि परिचयमा आएको यो बीसहजारी ताल चितवनको कूल क्षेत्रफल ५ हजार ७८१ हेक्टर छ । यस तालको औसत गहिराइ १३ फीट रहेको छ । टिकौली जङ्गलभित्र १७ हजारी ताल र २२ हजारी तालगरी अन्य साना साना थुप्रै तालहरु छन ।
झण्डै दुई-तीन किलोमिटर वर्गक्षेत्रफलमा फैलिएको यो तालमा सौराहा जङ्गल सफारीमा उत्रेका पर्यटकलाई जीपमा राखेर घुमाउने गरिन्छ । तालसम्म पुग्ने जङ्गलको बाटोमा दायाँबायाँ मृग, बँदेल, गैडा, जरायो जनावरका साथै १ सय २५ प्रकारका चराका साथै तालमा मगर गोही तथा २५,३० प्रकारका माछा पाइन्छन् । ताल वरपर २६ प्रजातीका वन्जयन्तु, २७३ प्रजातिका चरा, २५ प्रजातीका माछा र १३१ प्रजातीका बोटबिरुवा रहेको तथ्यांक छ ।
सोमेश्वर गढी
माडी नगरपालिकामा पर्ने सोमेश्वर गढी सोमेश्वर पर्वत नेपाल–भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । यही पर्वत श्रृंखलामा सोमेश्वर गढी छ । पाल्पाका राजा मुकुन्द सेनले अंग्रेजबाट बचाउन यो गढी निर्माण गरेको बताइन्छ ।
गढीलाई पर्यटनको मुख्य केन्द्रका रुपमा विकास गर्न माडी नगरपालिकाले गृहकार्य सुरु गरिसकेको थियो । सोमेश्वर क्षेत्र नजिकै नेपाल भारतको ४५ नम्बर सीमा स्तम्भ छ । दसगजा क्षेत्रबाट उत्तरतर्फ नेपाली भूमिमा गोलपार्क, पातलो गंगा नजिकै शिवालय मन्दिर, आकर्षक वाटर पार्क, फेदीमा पिकनिक स्पट, स्वीमिङ पुललगायत संरचना बनाउने योजना नगरपालिकाले राखेको छ ।
गढीको विकासका लागि १ करोड बजेट विनियोजन गरिएको छ । माडी–३ मा रहेको वसन्तपुर बजारबाट ११ किमि दक्षिणतर्फ सोमेश्वर फेदी पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।