झन्डै दुई लाख क्विन्टल चिनी मौज्दात, चाडपर्वमा अभाव नहुने विभागको दाबी

 असोज १२, २०८० शुक्रबार १२:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने सरकारले जनाएको छ । अहिले बजारमा चिनीको अस्वाभाविक रुपमा मूल्य बढेको छ ।

कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाइएको पाइएकाले त्यसको अनुगमन भइरहेको र चाडपर्वमा चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार अहिले सरकारसँग १ लाख ८८ हजार ५ सय १३ क्विन्टल  चिनी मौज्दात छ ।

२० हजार टन आयातका लागि प्रक्रिया अगाडि बढिसकेको छ । केही दिनमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले १०/१० हजार टन चिनी खरिद गर्ने उहाँले जानकारी दिनुभयो । तत्काललाई चिनीको अभाव नभए पनि केही व्यापारीले चाडपर्वको मौका छोपेर भाउ बढाइरहेका छन् ।

साल्ट ट्रेडिङले किलोको ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । तर, उपभोक्ताले खुद्रा पसलमा किलोको १ सय ५० रुपैयाँसम्म तिरिरहेका छन् । चिनीमा भइरहेको कालोबजारी रोक्ने प्रयास भइरहेको विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया