नेपाल र लाओसबीचकाे खेल शुरु

 असोज २५, २०८० बिहिबार १७:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोटअन्तर्गत नेपाल र लाओसबीचकाे खेल शुरु भएकाे छ । खेल केहीबेरअघि त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा शुरु भएकाे हाे ।

डबल लेगको ढाँचामा खेलाइने पहिलो चरणको पहिलो खेल दशरथ रङ्गशालामा भइरहेकाे हाे । फिफा वरीयतामा एसियामा २७ देखि ४६ सम्म परेका २० वटा टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम एन्ड अवे गरेर खेलाइनेछ । नेपालको पहिलो चरणको दोस्रो खेल अक्टोबर १७ मा लाओसमा हुनेछ । फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छ ।

यस्ताे छ नेपालको शुरुवाती ११–

किरण चेम्जोङ (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अञ्जन विष्ट, जिलेस्पीजङ्ग कार्की

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया