विषाक्त तुवाँलोका कारण पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त

 कात्तिक २५, २०८० शनिबार ७:१३:२१ | एजेन्सी
unn.prixa.net

विषाक्त तुवाँलोले पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त भएको छ । विषाक्त तुवाँलोका कारण हजारौँ मानिस बिरामी पर्न थालेका छन् । 

पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको छ । पञ्जाब प्रदेश सरकारले लाहोरलगायत तीन वटा सहरका विद्यालय, कार्यालय, सपिङ मल र पार्कहरू बन्द गरेकाे बीबीसीले जनाएको छ । विगत केही दिनदेखि लाहोरको वायु गुणस्तर सूचक झण्डै चार सय अङ्कको आसपास छ ।

सामान्यतया एक सय वा त्यसभन्दा कम अङ्कको वायु गुणस्तर सूचकलाई सन्तोषजनक मानिन्छ । अहिले उत्तरी भारत पनि विषाक्त तुवाँलोबाट आक्रान्त छ । भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको तहले चेतावनीको स्तर पार गरिसकेको छ ।

सामान्यतया तीन सय एकदेखि पाँच सयसम्मको अङ्कमा वायु गुणस्तर हुनुलाई हानिकारक मानिन्छ । हानिकारक वायुले स्वास्थ्य र दैनिक जनजीवन प्रभावित पार्ने गर्छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया