विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्लादेश तथा पाकिस्तान र इङ्ल्यान्ड खेल्दै

 कात्तिक २५, २०८० शनिबार ८:४३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अस्ट्रेलिया र बङ्लादेश पुणेमा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल्दैछन् ।

अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ । यो खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्नेछैन । तर बङ्लादेशका लागि सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनाेट हुन यो खेलमा जित आवश्यक छ । बङ्लादेश आठौँ स्थानमा छ ।

आज हुने अर्को खेलमा दिउँसो सवा दुई बजे पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन्  । यो खेल इडेन गार्डेनमा हुनेछ । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो अन्तरको जितकाे आवश्यक छ । अङ्कतालिकामा सातौँ स्थानमा रहेको इङ्ल्यान्ड सेमिफाइनल होडबाट बाहिरिसकेको छ ।

आजको खेल हारे पनि च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना छ । विश्व कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली भारत र नेदरल्यान्डस् खेल्नेछन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया