इंग्ल्याण्डले पाकिस्तानलाई दियो ३ सय ३८ रनको विशाल लक्ष्य

 कात्तिक २५, २०८० शनिबार १८:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनायो । उसका लागि बेन स्टोक्सले ८४, जोय रुटले ६० र जोनी ब्रेस्टोले ५९ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका हरिस रौफले तीन तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वासिमले दुइ/दुई र इफ्तिक अहमदले एक विकेट लिए । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो अन्तरको जित आवश्यक छ ।  जुन असम्भव जस्तै देखिन्छ ।

अंकतालिकामा सातौँ स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइन होडबाट बाहिरीसकेको छ । आजको खेल हारे पनि च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना छ । विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली भारत र नेदरल्यान्डस् खेल्नेछन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया