नेपाली कम्पनी ब्रोडवे इन्फोसिसले पायाे एसियाको प्रतिष्ठित अवार्ड

 मंसिर ५, २०८० मंगलबार १८:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिसले एसोसीओ अवार्ड प्राप्त गरेको छ ।

एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) को आयोजनामा दक्षिण कोरियाको सियोलमा नोभेम्बर १३ देखि १५ सम्म भएको 'एसोसीओ डिजिटल शिखर सम्मेलन २०२३' मा ब्रोडवे इन्फोसिसलाई एसिया प्रशान्त क्षेत्रको प्रतिष्ठित अवार्ड 'एसोसीओ एडटेक अवार्ड' प्रदान गरिएको हो । व्यावसायिक आईटी तालिममार्फत शिक्षा तथा प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याई देशको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याएकाे भन्दै ब्रोडवे इन्फोसिसले याे अवार्ड पाएकाे हाे ।

एसोसीओका अध्यक्ष ब्रायन शेनले ब्रोडवेका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यवसाय विकास निर्देशक उत्तम अधिकारीलाई अवार्ड प्रदान गर्नुभएको हो । अवार्ड प्रदान कार्यक्रममा एसोसीओका उपाध्यक्ष नवराज कुँवरसहित संस्थाका विशिष्ट अधिकारी र कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) का अध्यक्ष रञ्जित पोद्दारसमेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सलाई डिजिटल ट्रान्सफर्मेशन अवार्डले सम्मान गरिएको थियो । एसोसीओले हरेक वर्ष आफ्ना हरेक सदस्य देशका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया