परराष्ट्रमन्त्री राणा आज चीनको छेन्दु जाँदै
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सेयर खरिदबिक्रीबारे सवत्र शङ्का भैरहँदा एनसेलले कानुनको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको जनाएको छ । अहिलेसम्म सबै कर दायित्वहरु पूर्ण रुपमा पालना गरेको र थप कर तिर्नुपर्ने भएमा कानुनअनुसार तिर्न तयार रहेको एनसेलको भनाइ छ ।
एनसेलले विज्ञप्ति निकालेर नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा दिन तथा डिजिटल नेपालको लक्ष्य पूरा गर्नको लागि सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको पनि जनाएको छ । आवश्यक सहमतिका लागि दूरसञ्चार प्राधिकरणसँग छलफल भैरहेको पनि एनसेलको भनाइ छ ।
यसअघि हिजो बुधवार दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा पनि एनसेलले यस्तै प्रतिबद्धता जनाएको थियो । गएको १५ गते शेयर खरिदबिक्रीको पूर्व स्वीकृति नदिइ एनसेल आजियाटा बिक्री सम्झौता भएको खुलासा भएको थियो ।
त्यसलगत्तै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिदबिक्री वा नामसारी गर्नु पहिले प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो ।एनसेलले बिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरूबाट सङ्कलनको क्रममा रहेको जनाएको छ ।
एनसेल सेयर बिक्री प्रकरणको विषयमा चौतर्फी आलोचना भैरहेको छ । संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको शेयर खरिदबिक्री तत्काल रोक्न निर्देशन दिएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी गराउनुपर्नेमा पहिले जानकारी नगराइ अहिले आएर जानकारी गराउँछु भनेकाले कानुनी व्यवस्थाको परिपालना नगरिएको समितिको ठहर छ ।
यस सम्बन्धमा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको छ । यस्तै एनसेलको शेयर खरिदबिक्री अस्वाभाविक देखिएको भन्दै सरकारले छानबिन गर्ने तयारी पनि गरेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट विज्ञहरू सम्मिलित समिति गठन गर्ने तयारी भैरहेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।