च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले पसलमा बिक्री गर्न राखिएका सुर्तीजन्य पदार्थ जफत गर्न थालेकाे छ ।
काठमाण्डाै महानगरले आज बिहीवारदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएकाे छ । प्रतिबन्ध लगाए पनि अनुगमनका क्रममा पसलमा सुर्तीजन्य पदार्थ राखेकाे पाइएकाे महानगर प्रहरीले जनाएकाे छ । महानगर प्रहरीले अनामनगर क्षेत्रम अनुगमनका क्रममा भेटिएका सुर्तीजन्य पदार्थ जफत गरेकाे छ ।
महानगरले सुर्तीजन्य पदार्थ बेचे/नबेचेकाे अनुगमनका लागि महानगरका चार वटा क्षेत्रमा १० जना गरी नगर प्रहरी र सादा पाेसाकमा प्रहरी परिचालन गरेकाे छ । महानगरले पसलमा अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने चेतावनी दिएकाे छ ।
सार्वजनिक ठाउँमा धुमपान गरेको पाइए त्यहाँबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिबाना गराउने पनि महानगरले जनाएकाे छ ।
तस्बिर : वैद्यनाथ पाैडेल/उज्यालाे सहकर्मी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।