बाँकेमा जीपको ठक्करबाट प्रहरी जवानको ज्यान गयाे, एक जना घाइते

 मंसिर २९, २०८० शुक्रबार १०:५४:२३ | रासस
unn.prixa.net

बाँके - बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको ज्यान गएकाे छ । भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा रहेका प्रहरी जवान २९ वर्षीय विशाल ओलीको ज्यान गएको हो । 

जीपको ठक्करबाट प्रहरी सहायक हवलदार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते हुनुभएकाे छ । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उहाँलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डाै लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिनुभयो ।

गएराति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान ओली र प्रहरी सहायक हवलदार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो । घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । जीपको ठक्करबाट प्रहरी जवान ओलीको घटनास्थलमै ज्यान गएकाे हाे । 

ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया