रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - आज मङ्सिर शुक्ल पञ्चमी अर्थात् विवाहपञ्चमी, प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धुमधामसँग मनाइँदैछ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ भक्तजन आइपुगेका छन् ।
गएको मङि्सर २६ गतेदेखि शुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधाम उल्लासमय बनेको छ । हरेक वर्ष मंसिरशुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ ।
त्रेता युगमा मङ्सिरशुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिलाको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाउने गरिन्छ । विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत्रूपमा विवाहपञ्चमी महोत्सव समापन गरिन्छ ।
हिजो जानकी मन्दिरबाट बाजगाजाकासाथ हजारौँ साधुसन्तसहित मैथिली महिलाको लावालस्करले जनकपुरधामको प्रसिद्ध गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर लगेका थिए । आज राम र सीताको डोला बीचमा स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो ।
दुवै कार्यक्रमको तयारी पूरा भएको र भारतको अयोध्याबाट जन्तीका रूपमा आउने साधुसन्त र स्थानीय सबै क्षेत्रका व्यक्तिको सहभागिता रहने पनि उहाँले बताउनुभयो । विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको छ ।
जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार पारिएको छ । रङ्गभूमि मैदान (बाह्रबिघा) मा गएको सोमवारदेखि बनाउन शुरु गरिएको सीतारामको प्रतिमा अस्ति बेलुका सम्पन्न भएको थियो । प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन् ।
प्रतिमा आज र भोलि पनि हेर्न पाइनेछ । जनकपुरधाममा आवश्यक सुरक्षाको व्यवस्थापन पनि मिलाइएको छ । विवाह पञ्चमीका लागि नेपालका विभिन्न ठाउँ र भारतको उत्तर प्रदेश र बिहार राज्यलगायतबाट नागरिक आउने गर्छन् । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।