काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - काठमाण्डाै जिल्ला अदालतले सेवाग्राहीकाे भीड व्यवस्थापनका लागि टोकन प्रणाली शुरुवात गरेको छ । सोमवार आजदेखि जिल्ला अदालत काठमाण्डाैले व्यवस्थित र सहज रुपमा सेवा दिने उद्देश्यले टोकन प्रणालीको शुरु गरेको जनाएको हो ।
काठमाण्डाै जिल्ला अदालत बार एसाेसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भिड नहोस् भनेर टोकन प्रणालीको शुरुवात गरेको बताउनु भयो । उहाँले काठमाण्डाै जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरु अघि बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाै जिल्ला अदालतकाे काम व्यवस्थित र सहजीकरण होस्, सेवा लिने दिने क्रममा भिड नहोस् भन्ने उद्देश्यले टोकन प्रणाली शुरु गरिएकाे हाे । काठमाण्डाै जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने हाम्राे याेजना हाे । सहज ढङ्गबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’
उहाँले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताउनु भयो । उहाँले अबदेखि उभिएर सेवा लिनुपर्ने अवस्था नआउने बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।