काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताउनुभएको छ । सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा बाेल्दै उहाँले काठमाण्डाै उपत्यकाकाे विकासका लागि पालिकाकाे परस्पर सम्बन्ध हुनुपर्ने बताउनु भएकाे हाे ।
उहाँले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताउनु भयो । उहाँले उपत्यकाको विकास एकैपटक गर्नका लागि सङ्घीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाै र ललितपुर दुई वटा एकआपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका हुन् । काठमाण्डाै एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन । काठमाण्डाै उपत्यका बाहिरका मानिसहरुलाई काठमाण्डाै उपत्यका एउटै हो जस्तो लाग्छ । ललितपुर आए पनि काठमाण्डाै जस्तो लाग्छ, काठमाण्डाै गए पनि ललितपुर जस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैपटक हुनुपर्छ । कोही पहिलो, दोस्रो, तेस्रोभन्दा पनि एकैपटक सबै पालिकाहरु अघि बढ्नुपर्छ ।'
उहाँले सङ्घीय सरकारका कारण फोहर व्यवस्थापनमा समस्या भइरहेकाले फोहर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्नुभयो ।
उहाँले काठमाण्डाैका खोला अतिक्रमणकाे विषयमा सरकारलाई आवश्यक पहल गर्न आग्रह गर्नुभयो । शाहले काठमाण्डाै महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले तीन तहका सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।