काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता लागू भएपछिको विकास सन्तोषजनक रहेको बताउनुभएको छ । सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।
उहाँले ७ सय ५३ वटै पालिकाकाे अवस्था हेर्दा विकास निर्माण लगायतमा भएको काम सन्तोषजनक पाएको बताउनु भएकाे छ । उहाँले नकारात्मक कुरालाई भन्दा सकारात्मक कुरामा ध्यान दिन जोड दिनुभयो।
यस्तै, प्रधानमन्त्री प्रचण्डले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बाग्मती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ भन्दै प्रश्न गर्नुभएकाे छ । उहाँले आफू काठमाण्डाैको फोहर व्यवस्थापनलगायतका कुरामा सकारात्मक रहेको दाबी समेत गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले फाेहर व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको भन्दै मेयर शाहलाई प्रश्न गर्नुभएकाे थियाे ।
प्रधानमन्त्री प्रचण्डले पूर्वाधार निर्माण मात्रै विकास नभएकाले नागरिकको जीवनमा सुखको प्रत्याभूति गराउन आवश्यक रहेको बताउनु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।