त्रिविको दीक्षान्त समारोहले यातायात अस्तव्यस्त

 पुष २, २०८० सोमबार १६:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४९ औँ दीक्षान्त समारोहका कारण काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दीक्षान्त समारोहका कारण गाडीको चाप रहेकाले जाम हुँदा त्यसको असर अरू ठाउँमा पनि परेको छ । आज (साेमवार) को दीक्षान्त समारोहमा ७३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । त्रिवि र काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले दीक्षान्त समारोहमा सहभागी हुनेको गाडी पार्किङ स्थल तोकेको थियो ।

काठमाण्डौको टुँडिखेल, विश्व निकेतन मावि, वर्ल्ड ट्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यालय परिसरमा पार्किङ स्थल तोकिएको थियो । तर पनि एकै समयमा गाडी आउने र जाने भएको हुँदा ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न समस्या परेको छ ।

कलङ्की, कालीमाटी क्षेत्रदेखि नै गाडीको जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि आजै मेलम्ची आयोजनाको पानीको माग गरेर बानेश्वरदेखि कोटेश्वरसम्म भएको प्रदर्शनले पनि जाम भएको थियो ।

तस्बिर : महेश ज्ञवाली/उज्यालाे सहकर्मी

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया