काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौमा आजको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।
यो तापक्रम यस सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको हो ।
हिजो दिउँसो काठमाण्डौमा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । हिजो बिहान भने ५ दशमलव ५ डिग्री सेल्सियस थियो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तापक्रम घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ । काठमाण्डौ उपत्यकाबाहिर पनि चिसो बढिरहेको छ ।
देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । मध्य र पश्चिम तराईका एक/दुई ठाउँमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । तर दिउँसोपख घाम लागेसँगै हट्दै जानेछ । काठमाण्डौमा पनि अहिले हल्का हुस्सु छ ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी चार किलोमिटरसम्म छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ । बाँकी ठाउँमा पनि मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ । मौसम दुई/तीन दिन यस्तै रहने अनुमान छ । हिमपात र वर्षाको सम्भावना भने नरहेको मौसमविद् अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।