भूकम्प प्रभावित क्षेत्रमा आजदेखि दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान

 पुष ५, २०८० बिहीबार ८:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले भूकम्प प्रभावित क्षेत्रमा आजदेखि दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप जाजरकोट र पश्चिम रुकुमसहित सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्लामा सञ्चालन हुनेछ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको खोप छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई र टाइफाइडविरुद्धको खोप १६ वर्षदेखि ४५ वर्षसम्मका सबैलाई लगाउने बताउनुभयो।

उहाँले जाजरकोटमा दुई वर्षअघि दादुरा देखिएकाले पुनः नदेखियोस् भनेर यो पटक खोप अभियान सञ्चालन हुन लागेको बताउनुभयो । प्रभावित ठाउँमा बालबालिकामा पोषण पनि कम भएको दूषित पानीलगायतका कारण जोखिम भएकाले दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको उहाँको भनाइ छ ।

 ती जिल्लामा छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार जना र १६ वर्षदेखि ४५ वर्षसम्मको सङ्ख्या छ लाख ५० हजार जना रहेको छ । आजदेखि शुरु हुने खोप अभियान यही पुस १४ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: भदौ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया