काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - पोखराबाट काठमाण्डौका लागि उड्न लागेको बुद्ध एअरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।
बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाण्डौ उड्न लागेको उडान नम्बर–६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका बुद्धएअरले जनाएको छ ।
विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिनुभयो । के कारणले यात्रुले आकस्मिक ढोका खोलेको खुलेको छैन ।
यसबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले थप अध्ययन र अनुसन्धान गरिरहेका पनि कर्णले बताउनुभयो । यो जहाज प्राविधिकले जाँच गरिरहेको र यात्रुलाई अर्को जहाजबाट पठाउने तयारी भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।