दाङबाट रोल्पा हुँदै रुकुप पूर्व जोड्ने शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीकाे ध्यानाकर्षण

 पुष ५, २०८० बिहीबार १५:२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रोल्पाका माओवादी नेताहरूले दाङबाट रोल्पा हुँदै रुकुम पूर्व जोड्ने शहीद मार्ग निर्माणमा ढिलाइ भएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

रोल्पाका सङ्घीय सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज बिहीवार प्रधानमन्त्रीलाई भेटेर बजेट अभावले शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

आर्थिक वर्ष २०६४/६५ देखि शुरु भएकाे दाङको घोराहीदेखि रोल्पाको होलेरी –घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम– मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता पाएको छैन ।

भेटमा प्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक परिवर्तनमा उलेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टाेलीसँग बसेर विकासका काममा भएका प्रगति समीक्षाकाे बारेमा छलफल गर्ने र शहीद मार्ग निर्माण तथा तत्काल कालोपत्रको काम अघि बढाउन निर्देशन दिने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया