आईएमई पे 'भिजा पार्टनरशिप' अवार्डबाट सम्मानित

 पुस ५, २०८० बिहिबार २०:३३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट आईएमई पे 'भिजा पार्टनरशिप' अवार्डबाट सम्मानित भएको छ ।

मङ्गलवार काठमाण्डाैमा आयोजित 'भिजा लिडरशिप कन्क्लेभ २०२३' मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आईएमई पेलाई 'एक्सिलेन्स इन फिनटेक पार्टनरशिप' अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आईएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ ।

आईएमई पेले अहिले भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल  कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ 'बेन्चमार्क' राखेकाे र आउँदामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरू लिएर आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया