हङकङ र लाओससँगको फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा
बैशाख १५, २०८२ सोमबार
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताउनुभएको छ ।
नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेकाे परीक्षा मार्गनिर्देशन कार्यक्रममा बाेर्डका अध्यक्ष शर्माले २०८० मा एसईई हुँदैन भन्ने भ्रममा नपर्न पनि विद्यार्थीलाई आग्रह गर्नुभयो ।
शर्माका अनुसार एसईईमा अब 'एनजी' अर्थात् कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा 'नन ग्रेड' हुने प्रणाली लागू हुँदैछ । यस वर्षकै एसईईबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब कक्षा ११ पढ्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।
यसअघि बोर्डले एसईईको नतिजा 'नन ग्रेडेड' नगरि प्रकाशित गर्ने गरेको थियो । बोर्डले १२ कक्षाको परीक्षा पास हुन भने ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको थियो । अब नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा आएसँगै एसईईमा पनि कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ । कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहोर्याएर परीक्षा दिनुपर्ने बोर्डका अध्यक्ष शर्माले बताउनुभयो ।
*यसअघि कक्षा ११ हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ– सम्पादक ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।