काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौको दक्षिण–पश्चिम क्षेत्रमा आज सातगाउँले जात्रा मनाइँदैछ । कीर्तिपुर र चन्द्रागिरि नगरपालिका विभिन्न ठाउँमा सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, बालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा हुने चलन छ ।
विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने सातगाउँले जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा अस्तिदेखि नै शुरु भएको हो । जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमदः न्हय्गाँ जात्रा भनिन्छ ।
परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष यहीबेला सन्तानहरु आउने विश्वासअनुसार सबै गाउँको रथ विष्णुदेवी पीठमा ल्याउने गरिन्छ ।
आजै कीर्तिपुरमा इन्द्रायणी जात्रा तथा पाँगाको दुई ठाउँमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ । जात्राको अवसरमा आज कीर्तिपुर नगरपालिकाका सबै र चन्द्रागिरि नगरपालिकाका ८, ९, १०, ११, १३, १४ र १५ नम्बर वडामा स्थानीय बिदा दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।