काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षका लागि भर्ना आह्वान गरेको छ । त्रिवि शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले सेमेप्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पीजीडी एजुकेशन (पीजीडी ईडु) कार्यक्रमका लागि भर्ना आह्वान गरेको हो ।
तीन सेमेस्टरमा पढाइ हुने गरी विभिन्न १४ वटा विषयमा पीजीडी एजुकेशन कार्यक्रमका लागि भर्ना खुलाएको कार्यालयले जनाएको छ । पहिलो सेमेस्टरमा भर्नाका लागि आजदेखि माघ ११ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।
शिक्षा सङ्काय बाहेकबाट स्नातक गरेका शिक्षक बन्न चाहनेले पनि भर्ना हुन सक्नेछन् । यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससहित देशभरका १३ वटा क्याम्पसबाट पढाइ हुनेछ । जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।
माघ १४ गते प्रवेश परीक्षा हुने र माघ २१ गतेदेखि कक्षा सञ्चालन हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।